बुटवलका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन
आइतबार, ०७ साउन २०८०, १३ : ५२
बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।
लामो समयदेखि दमको बिरामी खनालको उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बनेका थिए । शालिन स्थानीय नेताका रूपमा पहिचान खनाल लामो समय नेपाली काँग्रेसको बुटवल नगर सभापति समेत रहेको काँग्रेस क्षेत्र नम्बर २ का सचिव प्रजापाल गिरीले बताए ।