'मधेस प्रदेश लोकसेवा आयोगले कर्मचारी नियुक्तिका लागि छिट्टै आवेदन आह्वान गर्छ'
आइतबार, ०७ साउन २०८०, १७ : ५४
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेश लोकसेवा आयोगले कर्मचारी नियुक्तिका लागि छिट्टै विज्ञापन निकाल्ने बताएका छन् । आइतबार रातोपाटीसँग कुरा गर्दै उनले मधेस प्रदेशमा आवश्यक अनुसार कर्मचारी नियुक्तिका लागि आयोगले आवेदन आह्वान गर्न लागेको बताएका हुन् ।
लोकसेवा आयोगका अध्यक्षसँग छलफल भएको छ, उनले भने, ‘ अध्यक्ष ज्यूसँग थप छलफल गरेर श्रावणभित्र कर्मचारी भर्नाका लागि सूचना प्रकाशन गरिनेछ ।’
मधेस प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवेदन आह्वान नगरेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।