आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कार्यालय समयमा उपस्थित भएन/नभएको अनुगमन गर्न  स्वास्थ्य मन्त्रालयको निर्देशन

आइतबार, ०७ साउन २०८०, १८ : ५५
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा स्वास्थ्य कर्मी र कर्मचारी कार्यालय आए नआएको अनुगमन गर्न सबै अस्पताल प्रमुखलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सबै अस्पतालका महानिर्देशकलाई सो निर्देशन दिएको हो ।  

विज्ञप्तिमा भनिएको छ, 'प्रस्तुत विषयमा त्यहाँ मातहत कार्यरत रहेका स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे/नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्नुहुन यस मन्त्रालय (सचिवस्तर) को मिति २०८०।०४।०७ को निर्णयअनुसार अनुरोध छ ।'  

यस्तै समय समयमा मन्त्रालयले पनि अनुगमन गर्ने जनाएको छ । 

ss

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप