आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीले गरे कम्बोडियाको निर्वाचन पर्यवेक्षण

आइतबार, ०७ साउन २०८०, २० : ०३
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आम निर्वाचनको पर्यवेक्षण गरेका छन् । आइतबार भएको निर्वाचनमा अध्यक्ष ओली नेतृत्वको टोलीले त्यहाँको कोर्क प्रावि मतदान केन्द्र, प्रिक रेसे प्रावि, क्रोपर प्राविमा पुगेर पर्यवेक्षण गरेको हो । 

निर्वाचन पर्यवेक्षणका लागि ओली आइतबार बिहान ६ बजे कोर्क प्रावि मतदान केन्द्र पुगेका थिए । कोर्क मतदान केन्द्रमा अध्यक्ष ओलीको उपस्थितिमा त्यहाँका एक ९२ वर्षीय नागरिकले मतदान गरेका छन् । 

कम्बोडियामा कुल ९७ लाख १० हजार ६६५ मतदाताहरुले १२५ जना विधायकहरु निर्वाचित गर्दैछन् । निर्वाचनका लागि देशभर २३ हजार ७८९ मतदान केन्द्रहरुमार्फत मतदान भएको छ । कम्बोडियाको निर्वाचनका लागि विभिन्न समूहमा कुल ३३४ जना विदेशी पर्यवेक्षक पर्यवेक्षणमा सहभागी भएका छन् । 

पर्यवेक्षणका क्रममा अध्यक्ष ओलीले स्थानीय मिडिया र अल जजिरा टिभीसँग संक्षिप्त कुराकानी समेत गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन पर्यवेक्षकहरुले सोमबार बिहान १० बजे पत्रकार सम्मेलन आयोजना गर्ने छन् भने मतगणना आइबारबाटै सुरु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप