आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए हङकङको नेतृत्वमा ढकाल निरन्तर

आइतबार, ०७ साउन २०८०, २० : १४
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नेतृत्वमा फेरि गोकर्ण प्रसाद ढकाल चयन भएका छन् । अध्यक्षसहित  सबै पदमा दोहोरो उम्मेदवारी नपरेपछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो ।

निर्विरोध कार्यसमितिको उपाध्यक्षमा अनु राई र सन्तोष गुरुङ चयन भएका छन् । यसैगरी महासचिव डिल्लीराम विश्कर्माचयन भएका छन् भने सचिवमा मनोज सूर्यवंशी चुनिएका छन् । ।

त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भए ।इन्दर पुर्जा पुन युवा संयोजक तथा महिला संयोजकमा कविता गुरुङ चयन भएका छन् । यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्वनाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन् । 

यसैबीच नवनिर्वाचित कार्यसमितिले  आइतबार शपथ तथा पदभार ग्रहण गरेको छ। नवौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन अधिकृत हेजेन राईले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

उक्त शपथ ग्रहण कार्यक्रममा एनआरएनए आइसिसि सचिव टिका गुरुङ, एनआरएनए हङकङका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डेलगायत हङकङमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपास्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप