आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनमा एक व्यक्तिले घरको पाँचौं तलामा गाई पालेपछि हंगामा

सोमबार, ०८ साउन २०८०, ०८ : ०१
सोमबार, ०८ साउन २०८०

बेइजिङ  । चीनको एउटा फ्ल्याटमा एउटा अनौठो घटना भेटिएको छ, जुन चर्चाको विषय बनेको छ । वास्तवमा यहाँ एक व्यक्तिले आफ्नो भवनको पाँचौं तलामा गाई पालेका छन् । जसलाई देखेर मानिसहरु आश्चर्य व्यक्त गरिरहेका छन् ।

चाखलाग्दो कुरा के छ भने चिनियाँ व्यक्तिले आफ्नो बालकनीमा धेरै गाईवस्तु राखेका छन् । जसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार यो घटना दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको हो, जहाँ एक चिनियाँ व्यक्तिले एउटा बहुतले भवनको पाँचौं तलामा सातवटा गाई  र बाछा राखेका छन् ।

भाइरल तस्विरमा यी सबै गाईवस्तुले आफ्नो चारा खाइरहेको देख्न सकिन्छ । चीनमा प्रयोग भएको टिकटक जस्ता एपमा घटनाको भिडियो शेयर गरिएको छ, जसलाई ४० लाख पटक हेरिएको छ ।

साउथ चाइना मर्निङ पोस्टले स्थानीय बासिन्दालाई उद्धृत गर्दै गाईहरू आवासीय कम्प्लेक्समा एक दिनसम्म फ्ल्याटमा बसेको बताएको छ। त्यसपछि छिमेकीले हतास गर्न थाले । सो घटनाको गति लिएको देखेर स्थानिय  चिनिया अअधिकारीहरूले तुरुन्तै संवेदनशिल भए र त्यो ठाउँमा पुगे । त्यसपछि चिनियाँ व्यक्तिका ती आफ्नो गाईवस्तुलाई अन्यत्र सारिएको थियो । 

खासमा सँगै रहेको फ्ल्याटमा बाछो आएका कारण दुर्गन्ध फैलिएको छिमेकीले गुनासो गरेका थिइ । गाईवस्तुको आवाजले धेरै समस्या निम्त्याइरहेको भनेर उजुरी गरे पछि सुरक्षा अधिकारीहरु त्यो घरमा आएका थिए । 

सो घटनाबारे साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै एक व्यक्तिले भने, ‘मलाई पक्का विश्वास छ कि गाईवस्तुले एक दिन भवनमा बस्न पाउनेछन् भन्ने सोचेका पनि थिएनन् तर उनीहरु यस भवनमा एकदिन भए पनि बस्न पाए । 

अर्कोतर्फ अर्का एक व्यक्तिले भने, ‘यति सानो बालकनीमा राखेर बाछालाई यातना दिइएको थियो। यस्तो पागलपन सबैको लागि खतरनाक छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप