आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीन : स्कुलको जिमखानाको छत खस्दा ११ को मृत्यु

सोमबार, ०८ साउन २०८०, १० : ०५
सोमबार, ०८ साउन २०८०

एक स्कुलको जिमखानाको छत खस्दा ११ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो ।

घटना चीनको उत्तरी–पूर्वी इलाकामा वर्षाका कारण भएको हो । अधिकारीका अनुसार दुर्घटनाका बेला १९ जना भित्र थिए ।

प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि समावेश छन् । यद्यपि, यसबारे औपचारिक रूपमा केही जानकारी आइसकेको छैन ।

प्रहरीले उक्त भवनका इन्चार्जलाई हिरासतमा लिएको छ । अधिकारीका अनुसार दुर्घटना हुँदा चार जना भने घटनास्थलबाट बाहिर निस्कन सफल भए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप