आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज पनि घट्यो सुनचाँदीको मूल्य

सोमबार, ०८ साउन २०८०, १० : ५७
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

हिजो आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप