आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला

सोमबार, ०८ साउन २०८०, १३ : ००
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगौडा डेरा गरी बस्ने धादिङ खनायोबास गाउँपालिका-६ घर भएका ३२ वर्षीय रामकृष्ण रिजाल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । 

त्यस्तै धादिङको नीलकण्ठ नगरपालिका-५ पतेनी बस्ने ७५ वर्षीय राम बहादुर परियार सोही ठाउँस्थित खाल्टे-धादिङबेशी सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता कञ्चनपुरको भिमदत्त नगरपालिका-११ बाँसखेडास्थित नहर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसै गरी कञ्चनपुरकै भिमदत्त नगरपालिका-१० जिरो पोईन्टस्थित गताडी खोला किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको बाह्रदशी गाउँपालिका-१ नयाँ बस्तीस्थित अदुवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यता धनुषाको मिथिला नगरपालिका-७ कृषि बजारस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप