आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

देउवाले भने–पर्सि त मैले पनि बोल्नै पर्ला !

सोमबार, ०८ साउन २०८०, १९ : २०
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । सोमबार नै समापन गर्ने तयारी गरिए पनि महामन्त्री र उपसभापतिले बोल्नका लागि लामो समय लिएका कारण साउन १० सम्मका लागि बैठक स्थगित गरिएको हो ।

उपसभापति पूर्णबहादुर खड्काले बोलिसक्ने बित्तिकै सभापति शेरबहादुर देउवाले बैठक साउन १० गतेसम्मलाई स्थगित गरेको घोषणा गरे ।

उपसभापतिले बोल्दा लामो बोलेको भन्दै छोट्याउन आग्रह गरेका देउवाले खड्काले बोलिसकेँ भन्ने बित्तिकै उठ्न खोजेर भने, ‘१० गते चार बजे बस्ने। ल ल पर्सि पर्सि। त्यहाँ पनि मैले बोल्नै पर्ला ! ल ठिक छ । ठिक छ ।’ आजकाे बैठकमा केन्द्रीय सदस्य राजिव कोइराला, सहरी विकासमन्त्री सीता गुरुङले धारणा राखेका थिए । बैठकमा उठेका विषयमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, उपसभापतिद्वय धनराज गुरुङ र खड्काले जवाफ दिएका थिए ।

साउन २ गते सुरु भएको कांग्रेस बैठकमा आइतबारसम्म १४० जना नेताहरुले आफ्नो धारणा राखेका थिए । बुधबार देउवाले जवाफ दिएपछि कांग्रेस केन्द्रीय समिति बैठक सकिने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप