आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कानुनी दायराबाट दोषी नउम्कने गरी काम गर्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

मङ्गलबार, ०९ साउन २०८०, १२ : ०५
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले कानुनी दायराबाट कुनै दोषी नउम्कने गरी काम गरी रहेको बताएको छन् । गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्दोष नपरून् दोषी नछुट्ने गरी काम गरेको उल्लेख गरे । 

सरकारको राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय भएको श्रेष्ठले उल्लेख गरे । ‘अहिले राष्ट्रिय कार्यभार, सुशासन, समृद्धि र सामाजिक न्यायलाई एक सूत्रीय कार्यक्रम बनाएर सरकार अघि बढेको छ । सुशासनलाई पूर्व सर्त बनाएर प्रधानमन्त्री अघि बढ्नु भएको छ’ श्रेष्ठले भने, ‘पार्टी वा व्यक्तिहरू कुन हैसियतका छन् भन्नेमा निरपेक्षतामा रहेर कुनै पूर्वाग्रह नराखेर कुनै दोषीलाई नछोड्ने गरी काम गर्ने छौँ ।’  

देशमा सुशासन कायम गर्दै जनताको जीवन फेर्ने गरी काम जारी राखेको श्रेष्ठले बताए । ‘शिक्षा, स्वास्थ्य रोजगारी, खाद्यान्न, रोजगारी आवास, बिजुली खानेपानी पुर्‍याएर समृद्धिको प्रक्रियालाई अघि बढाउन लागेका छौँ । यसले नेपाली जनतामा आशा र विश्वास पैदा गरेको छ’ श्रेष्ठले भने, ‘राज्यका अङ्ग र राज्यका निकायहरू सबैलाई कानुन र संवैधानिक दायरामा रहेर स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने तथ्य र प्रमाणले जसलाई दोषी देखाउँछ कारबाही गर्ने छौँ ।’ देशको विकास र समृद्धिको पक्षमा समीक्षा गर्दै अघि बढिरहेको श्रेष्ठको भनाई छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप