आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झण्डै ४ खर्बले बजेट घाटामा जाँदा सरकारी खाता ऋणात्मक

मङ्गलबार, ०९ साउन २०८०, १२ : २५
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेट झन्डै ४ खर्ब रुपैयाँले घाटामा जाँदा सरकारी खाता ऋणात्मकमा गएको छ । असार मसान्तसम्म १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बजेट खर्च गरेको सरकारले यस अवधिमा जम्मा १० खर्ब ५ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो । 

आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकारलाई ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपैयाँ खुद घाटा लाग्न पुगेको छ । फलस्वरुप उक्त वर्ष सरकारलाई एक रुपैयाँ पनि बचत हुन सकेन । 

आर्थिक वर्ष २०७८/९ बाट अघिल्लो वर्ष सरकारलाई ११ अर्ब ७ करोड रुपैयाँ भुक्तानीयुक्त बचतमा रहेको थियो । 

सरकारी बचत १ खर्ब ८० अर्बले घट्यो

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा सरकारी निक्षेप १ खर्ब ८० अर्ब रुपैयाँले घट्न पुगेको केन्द्रीय बैंकले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा सबै बैंक तथा वित्तीय संस्थाहरूमा गरी सरकारी निक्षेप २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख ५४ हजार रुपैयाँ रहेकोमा आर्थिक वर्षको असार मसान्तसम्ममा घटेर ४५ अर्ब ११ करोड ५७ लाख २२ हजार रुपैयाँमा झरेको हो । 

यो निक्षेप स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको समेतको संयुक्त निक्षेप हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप