आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कियो चिनियाँ प्रतिनिधिमण्डल

मङ्गलबार, ०९ साउन २०८०, १२ : २५
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । श्रीलङ्का हुँदै नेपालमा तीन दिन बिताएको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो । 

माओवादी केन्द्रको निमन्त्रणमा नेपालका आएको चिनियाँ टोली स्वदेश फर्किएको पार्टी केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए । ‘चिनियाँ प्रतिनिधि हाम्रो पार्टीको निमन्त्रणमा नेपाल भ्रमणमा आउनु भएको हो । आजै उहाँहरू स्वदेश फर्किनुभएको छ’ आचार्यले भने ।

आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका थिए । इटालीको रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चूअल मार्फत  आइतबारै नेता युयान च्याच्युनले संवाद गरेका थिए । आइतबार राती माओवादी केन्द्रका पदाधिकारीसँग उनले डिनर मिटिङ गरेका थिए । 

सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतसँग संवाद गरेको प्रतिनिधिमण्डलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किएको हो ।  

प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति सी जीनपिङ नेपाल भ्रमणमा आउँदा भएका समझदारीका विषयमा विशेष चासो राखेको बुझिाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप