आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जया बच्चनले भनिन्, ‘म प्रधानमन्त्रीविरुद्ध केही पनि बोल्दिनँ किनभने...’

मङ्गलबार, ०९ साउन २०८०, १६ : १५
मङ्गलबार, ०९ साउन २०८०

राज्यसभा सांसद तथा अभिनेत्री जया बच्चनले आफूले मोदीबारे केही पनि टिप्पणी गर्न नचाहेको बताएकी छिन् । 

मंगलबार समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उनले सो कुरा बताएकी हुन् । जया बच्चनलाई मोदीबारे सोधिएको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीबारे कुनै टिप्पणी गर्दिनँ । उनी यस देशका प्रधानमन्त्री हुन् । उनको कुर्सीको इज्जत गर्छु ।’

मणिपुरको मुद्दामा जयाले भनिन्, ‘म यो भन्छु कि सन् २०१४ देखि मोदी र उनको पार्टीको तर्फबाट जुन बयान दिइएको छ, त्यो तुलना गर्नुपर्छ । तपाईंले जवाफ पाउनुहुनेछ । तपाईंले हरेक प्रश्नको जवाफ पाउनुहुनेछ ।’

जया बच्चन भन्छिन्, ‘मणिपुरबारे पहिला जे भनिन्थ्यो र अहिले जे भनिँदै छ, हेर्नुहोस् । म कुर्सीको इज्जत गर्छु । म उनी विरुद्ध केही पनि बोल्दिनँ ।’

मणिपुरको मुद्दामा विपक्षी दलका नेताको तर्फबाट पछिल्ला केही दिनदेखि विभिन्न प्रतिक्रिया आइरहेका छन् । 

विपक्ष दलले मोदीले संसद्को दुवै सदनमा मणिपुरबारे बयान दिनुपर्छ भनेर माग राखेका छन् । सत्तारुढ बिजेपीले भने मणिपुरमाथि चर्चाका लागि आफू तयार भएको तर मणिपुरका साथै राजस्थान, छत्तिसगढ, पश्चिम बंगालबारे पनि कुरा हुनुपर्ने बताएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप