आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिमालयन डिस्टिलरी उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

मङ्गलबार, ०९ साउन २०८०, १९ : ५६
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन –२०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन – सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको हो । 

काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुबेदीलाई उक्त अवार्ड हस्तान्तरण गरे । 

हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरुको वास्तविक तथ्य आम लगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिरहेको र यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए । 

कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेड्रेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप