आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा १८ लाख रुपैयाँ खर्च गरेर कुकुरको विवाह, मागियो माफी

बुधबार, १० साउन २०८०, ०७ : ४३
बुधबार, १० साउन २०८०

जाकर्ता । इन्डोनेसियामा दुई महिलाले आफ्नो कुकुरहरूको निकै भव्य ढंगले विवाह गरिदिएका छन् । सो घटनाको व्यापक आलोचना भएपछि दुवैले माफीसमेत माग्न बाध्य भएको समाचार बाहिर आएको छ ।

इन्डोनेसियाको राजधानी जकार्ताको एउटा मल अलास्का मालामुट दुई कुकुरको विवाह गराइएको थियो । दुई कुकुरको परम्परागत जाभानीज पहिरन लगाएका आफ्ना मालिक र आफन्तहरूको उपस्थितिमा सो विवाह भएको थियो। कुकुरको विवाहमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो । 

ती कुकुरको बिहेको खबरले सामाजिक सञ्जालमा हंगामा मच्चायो । जाभानीज संस्कृति अनुसार कुकुरसँग विवाह गरेकोमा सामाजिक सञ्जालमा मानिसहरू आक्रोशित भएका थिए।  त्यसपछि मालिकले अगाडि आएर माफी माग्नु परेको थियो । लुना कुकुरकी मालिक्नी इन्दिरा रत्न सारीले बुधबार इन्डोनेसियाली जनतासँग माफी मागेकी छिन् ।

संसारको चौथो सबैभन्दा धेरै जनसंख्या भएको देशमा धनको दिखावटी प्रदर्शनलाई तिरस्कार गरिएको छ। विश्व बैंकले इन्डोनेसियाका २७ करोड मानिसमध्ये एक दशांश अझै गरिबीको रेखामुनि रहेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप