आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

भन्सार एजेन्ट पराजुलीको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुडालको इजलासमा

बुधबार, १० साउन २०८०, १२ : १५
बुधबार, १० साउन २०८०

काठमाडौँ । राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट यादव पराजुलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधवार सुनुवाई हुँदैछ । ८० देखि १ सय किलो सुन तस्करी प्रकरणमा ७८२ नम्बरका एजेन्ट पराजुलीलाई राजस्वले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पराजुलीको रिट न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई हुँदै छ । राजस्व अनुसन्धान विभागले उनलाई गैरकानुनी थुनामा राखेको भन्दै पराजुलीको तर्फबाट अधिवक्ता बिक्रम भण्डारीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । ‘रेडी ट्रेड प्रालि’ बुढानिलकण्ठले ‘ब्र्रेक प्याड’को नाममा मगाएका सुन पराजुलीको एजेन्ट नम्बर प्र्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापन पत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ सो सामान राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसमा करिब ८० देखि १ सय किलो सुन रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताउँदै आएका छन् । सुनको यकिन परिमाण आएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप