आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप (तस्बिरहरू)
प्रदर्शन

संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप (तस्बिरहरू)

बुधबार, १० साउन २०८०

काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले  संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । 

विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । 

पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया