आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘म बहिरी छैन, नचिच्याऊ’ मिडियासामु पुनः भड्किइन् जया बच्चन

बुधबार, १० साउन २०८०, १२ : ५५
बुधबार, १० साउन २०८०

जया बच्चन आफ्नो अभिनयका साथै रिसका लागि पनि परिचित छिन् । उनी भीडमा झन् रिसाउँछिन् । उनको रिस एक पटक पुनः देखिएको छ जब उनी आफ्नी छोरी श्वेता बच्चन नन्दा र छोरा अभिषेक बच्चनसँग आफ्नो आउँदो फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को स्क्रिनिङमा पुगेकी थिइन् । जयालाई त्यहाँ भएका मानिसले बोलाउने बित्तिकै उनी रिसाइहालिन् ।

उनी फिल्मको स्क्रिनिङ भइरहेको स्थानमा पुग्दा श्वेता र अभिषेकका लागि केही बेर रोकिइन् तर फोटो खिच्नका लागि फोटोग्राफरले उनलाई बोलाउन थालेपछि उनलाई रिस उठिहाल्यो । त्यसपछि उनले भनिन्, ‘म बहिरी छैन, नचिच्याऊ, आरामले कुरा गर ।’

त्यसपछि फोटो खिच्नका लागि बनाइएको स्थानमा उनीहरू रोकिएनन्, सिधै गए । जयाको यो भिडियो देखेपछि कतिले उनलाई स्कुलको प्रधानाध्यापक भनिरहेका छन् भने कोहीले पापाराजीका लागि उनको मनमा रत्तीभर पनि माया नभएको बताइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘त्यसैले हामी रेखालाई माया गर्छौँ । उनको मनमा न त कुनै अहङ्कार छ न कुनै एटिट्युड ।’

जया बच्चनको नयाँ फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा रणवीर सिंह, आलिया भट्ट, शबाना आजमी र धर्मेन्द्र पनि देखिनेछन् । करण जौहरको यो फिल्म २८ जुलाईमा सिनेमाघरमा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप