आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तेस्रो दिन पनि घट्यो नेप्से, नेप्से सूचक २१ सय ५६ अंकको विन्दुमा

बुधबार, १० साउन २०८०, १५ : २२
बुधबार, १० साउन २०८०

काठमाडौँ । मौद्रिक नीतिपछि लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ८.११ अंकले घट्दै २१ सय ५६.२० अंकको विन्दुमा ओर्लिएको छ । आजसम्म गरी तीन दिनमा ७० अंकमाथिले नेप्से सूचक घटेको हो । 

नेप्से सूचकमा गिरावट आउँदै गर्दा यता कारोबार समेत खस्किन पुगेको छ । नेप्सेका अनुसार आज ८ अंकले घटेको बजारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ । 

आज १३ वटा उपसूचकमध्ये फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । 

किसान लघुवित्त वित्तीय संस्थका सेयरधनीले आज अधिकतम ६.९६ प्रतिशतले कमाएका छन् भने जाल्पा सामुदायिक वित्तीय संस्थाका सेयरधनीले ६.४९ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप