आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तर मन्त्रालयबीच समन्वय नहुँदा विकास निर्माणमा कठिनाइ भयो : मन्त्री गुरुङ

बुधबार, १० साउन २०८०, १८ : ०१
बुधबार, १० साउन २०८०

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले अन्तर मन्त्रालयबीच राम्रो समन्वय हुन नसक्दा विकास निर्माणका काममा कठिनाइ हुने गरेको बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

मन्त्री गुरुङले एउटा मन्त्रालयले अघि बढाएको कामलाई अर्को मन्त्रालयले आवश्यक चासो नदेखाउँदा पनि विकास निर्माणमा अवरोध सिर्जना भइरहेको गुनासो गरिन् । उनले अन्तर मन्त्रालयबीच समन्वय गर्न र विकास निर्माणमा देखिएका समस्या समाधान गर्न नीतिगत छलफल नै जरुरी देखिएको उल्लेख गरिन् । 

मन्त्री गुरुङले सहरी विकास मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कन्जुस्याँई नगरी काम अघि बढिरहेको बताइन् । उनले प्रतिनिधि सभाको पुरानो भवनलाई संसदीय संग्रहालयको रुपमा विकास गर्न पुरानै कला, संस्कृति समेटिने गरी पुनः निर्माण हुने बताइन् । उनले त्यससम्बन्धी अहिले परामर्शको काम भइरहेको र एक महिना भित्रमा रिपोर्ट आइसकेपछि टेण्डर आह्वान र श्रोत सुनिश्चितता गरी मंसिरबाट काम अघि बढाइने बताइन् । उनले विकास निर्माणमा केही गल्ती र कमजोरी रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको बताइन् । 

समितिको बैठकमा ग्यालरी बैठक (पुरानो प्रतिनिधि सभा भवन) लाई संसदीय संग्रहालयको रुपमा विकास गर्न उक्त भवनलाई प्रवलीकरण प्रविधिद्वारा संरक्षण गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको प्रगतिका बारेमा छलफल भएको हो । समिति बैठकमा सांसदहरुले सरकारका योजनामा बजेटअनुसारको काम हुन नसकेको गुनासो समेत गरे । सांसदहरुले सरकारले संरचना बनाउने काममा ढिलाइ गर्नुनहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप