आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक निर्णय

प्रदेश सांसद र मेयरसहित एक दर्जन कांग्रेस नेताको कारबाही फुकुवा

बुधबार, १० साउन २०८०, १८ : ५०
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको छ ।

केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न बैठकले १२ जनालाईको कारबाही फुकुवा गरेको हो ।

जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा भएको छ । 

जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

यस्तै बर्दिबासका वडाध्यक्षहरु रामसवारत यादव, विजय महतो, विन्देश्वर यादवकाे पनि कारबाही फुकुवा भएको छ । यस्तै बर्दिबासका नेताहरु अक्कल तामाङ, प्रमोद मोक्तान, लक्ष्मण सिंहको कारबाही फुकुवा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप