आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

बैठकमा धेरै आलोचना भएन साथीहरुलाई धन्यवाद दिन चाहन्छु : देउवा

बुधबार, १० साउन २०८०, १९ : १७
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धेरै आलोचना नगरेकोमा धन्यवाद दिएका छन् ।

साउन २ गते बसेको बैठक समापन गर्दै देउवाले नेताहरुबाट धेरै आलोचना नभएको बताए । उनले भने, ‘धेरै आलोचना होला भन्ने थियो । तर भएन । साथीहरुलाई धन्यवाद ।’

केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्दा पार्टीमा सबै एकसय एक छन् भन्ने थाहा भएको देउवाको भनाइ छ । ‘बैठक लाइभ गर्दा धरै साथीहरुले बोल्नुभयो । सबै एकसय एक हुनुहुन्छ भन्ने थाहा भयो । मैले धेरै बोल्नु छैन ,’ उनले भने ।

पार्टीका लागि रगत बगाएका र मरेकाहरुको सम्मान गर्नुपर्ने देउवाले बताए । ‘पार्टीका लागि योगदान दिएकाहरुलाई बिर्सिनु हुँदैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप