आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलमा रियलद्वारा युनाइटेड पराजित

बिहीबार, ११ साउन २०८०, ०९ : ३८
बिहीबार, ११ साउन २०८०

हाउसटन । स्पेनिस महारथी रियल मड्रिडले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई प्रि–सिजन मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । हाल अमेरिकाको भ्रमणमा रहेका दुई टोलीबीचको खेलमा रियल २–० गोलले विजयी भएको हो ।

रियलका लागि दुवै गोल यसै सिजन अनुबन्ध भएका खेलाडीहरूले गरेका थिए । जुड बेलिङहमले खेलको छैटौँ मिनेटमा नै रियललाई अग्रता दिलाए । एन्टोनियो रुडिगरको पासमा बेलिङहमले गोल गरेका थिए ।

दोस्रो हाफको अन्त्यतिर जोसेलुले लुकास भाजक्वेजको पासमा उत्कृष्ट ओभेरहेड किकमार्फत गोल गर्दै रियलको जीत सुनिश्चित गरे । खेलमा युनाइटेडले कोबी माइनोलाई घाइते हुँदै गुमाउनु परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप