आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा लम्पी स्किन रोगबाट १२ सयभन्दा बढी चौपायाको मृत्यु

बिहीबार, ११ साउन २०८०, १२ : २०
बिहीबार, ११ साउन २०८०

सिरहा । सिरहामा लम्पी स्किन रोगका कारण एक हजार दुई सयभन्दा बढी चौपायाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी प्रभावित भएका छन् ।

जिल्लाको १७ वटै पालिकामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । हालसम्म जिल्लामा  एक हजार दुई सय १८ चौपायाको मृत्यु र १५ हजार दुई सय ९३ गाईगोरु प्रभावित भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख सन्तोषकुमार सिंहले बताए ।

रोगको प्रकोप देखिएपछि गोलबजार, धनगढीमाई, लहान नगरपालिकाले उपचारको प्रवन्ध मिलाएका छन् । रोग देखिएपछि धनगढीमाई नगरपालिकाको पशु शाखाले गाउँगाउँ गएर उपचार र सल्हाह सुझाव दिएको पशु शाखा प्रमुख जीवनारायण यादवले जानकारी दिए ।

उनले भने, ‘यो रोग भाइरसबाट सर्ने भएकाले रोग लागेका पशुलाई छुट्टै राखेर उपचार र स्याहार गर्नु पर्छ । हामीले सकेसम्म निःशुल्क उपचार गर्ने प्रवन्ध मिलाइरहेका छौँ । गाउँमै गएर उपचार र सल्लाह दिने काम पनि भइरहेको छ ।’

गोलबजार नगरपालिका पशु शाखाले पनि गाउँमै पुगेर उपचार गरिरहेको जनाएको छ । लम्पी स्किन रोग लागेका पशुहरुको शरीरभरि दाग र गिर्खा जस्तो देखिने र शरीरको भित्रीभाग बढी प्रभावित भएर मृत्युसम्म हुने गरेको पशु स्वास्थ्यकर्मीहरु बताउँछन् ।

भारतसँग सीमाना जोडिएका पालिकाहरुमा लम्पी स्किन रोगका कारण बढी संख्यामा पशु चौपायाको मृत्यु भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख सन्तोषकुमार सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप