आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवतीको स्कर्ट मुनीको भिडियो खिच्न ट्रकमा क्यामरा जडान, अधबैँसे पक्राउ

बिहीबार, ११ साउन २०८०, १५ : ०१
बिहीबार, ११ साउन २०८०

युवतीको स्कर्ट मुनी खिच्न ट्रकमा क्यामेरा राख्ने एक अधबैँसेलाई प्रहरीले पक्राउ गरेको छ । जापानका ४४ वर्षका अधबैँसेलाई आफ्नो ट्रकमुनी विभिन्न क्यामरा जडान गरी आफ्नो ट्रकमा चढ्ने युवतीको स्कर्ट मुनी भिडियो खिचेको आरोपमा पक्राउ गरिएको हो । 

भोयुरिजम र अपस्कर्ट फोटोग्राफी जापानमा यति व्यापक रूपमा फैलिएको छ कि यसका लागि शब्द पनि छ – चिकन । यो शब्दले अनैतिक रूपमा महिलाको स्कर्टमुनि सहमतिबिना तस्बिर खिच्ने प्रयास गर्ने पुरुषबारे वर्णन गर्छ । ती अधबैँसेले आफ्नो डेलिभरी ट्रकमा कम्तीमा चार क्यामेरा जडान गरेको पाइएको छ । उनले ती क्यामेरामार्फत युवतीहरू, कोही प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीको स्कर्ट मुनीको भिडियो खिच्ने गर्दथे । 

उनको ट्रक मुनि क्यामेरा भेटिएपछि प्रहरीले उनको घरमा छापा मार्‍यो र सयौँ भोयुरिस्टिक भिडियो समावेश भएको ३० भन्दा बढी हार्ड ड्राइभ फेला पारे । ती अधबैँसेले आरोप अस्वीकार गरेपछि अधिकारीले पीडितको सङ्ख्या हजारभन्दा भएको आशङ्का गरेका छन् । 

truck1गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा क्योटोका सातोसी निसिमुराले क्योटो र उजी सहरका थुप्रै युवतीको भिडियो अनैतिक तरिकाले खिचेको पाइयो । उनका एक जना महिला सहयोगीले यस्तै खालको एउटा भिडियो देखेपछि अधिकारीलाई यसबारे उजुरी दिएकी थिइन् । निशिमुराले आरोप अस्वीकार गरे । 

तर उनले डेलिभरी ट्रकमा चारवटा क्यामेरा जडान गर्नुको चित्तबुझ्दो कारण भने खुलाउन सकेनन् । ट्रकको बम्पर र अगाडिको टायर नजिकै क्यामेरा राखिएका थिए, सबै माथितिर फर्किएका थिए । प्रहरीका अनुसार गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा उनले प्राथमिक विद्यालयका छात्रा र प्लस टुका छात्रा गरी आठ जनाको भिडियो खिचेको पत्ता लगाए । तर उनको घरमा भेटिएको प्रमाणले यसमा उनको संलग्नता निकै अघिदेखि थियो भनेर दर्साउँछ । प्रहरीले यसमा उनी पछिल्लो ११ वर्षदेखि संलग्न भएको अनुमान गरेको छ । 

ती ड्राइभरका महिला सहयोगीले यसबारे उजुरी दिएपछि प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो । ती ड्राइभरले क्योटो र युजी सहरमा विभिन्न विद्यालय भएका साँघुरा सडकमा ट्रकलाई निकै ढिलो गरी चलाउँथे । जुन असाधारण थियो । त्यसपछि प्रहरीले उनको ट्रक अनुसन्धान गर्दा चारवटा क्यामेरा पाए । ती क्यामेरा डाइहात्सु हिजेतको ड्यासबोर्डको सेन्ट्रल रेकर्डिङमा जडान थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप