आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेडक्रस सोसाइटीले माग्यो रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग

बिहीबार, ११ साउन २०८०, १७ : ०१
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेको छ । रेडक्रस सोसाइटीले बिहीवार पत्रकार सम्मेलन गर्दै रेडक्रसभित्रको समस्या समाधान गर्न रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेको हो ।

संस्थाका नवनिर्वाचित महामन्त्री भूपतिलाल श्रेष्ठले रेडक्रस ऐन नबनेका कारण पनि समस्या उत्पन्न भएको भन्दै रेडक्रसको केन्द्रिय तहमा विवाद हुँदा स्थानीय तहमा काम गर्न समस्या भएको बताए । 
उनले संस्थाको लेखा परीक्षण पनि हुन नसकेको र नेपाल रेडक्रस सोसाइटीको विधान नेपालको संविधान बमोजिम परिमार्जन नभएको बताए । 

संस्थालाई समावेशीता, समानुुपातिक, प्रादेशिक संरचनामा लैजानुपर्ने भन्दै उनले अबको ६ महिनाभित्र विधान संसोधन हुने बताए । उनले रेडक्रसलाई राजनीतिकरण गर्न नहुने पनि बताए । श्रेष्ठले  विश्वका एक सयभन्दा बढी देशमा कानून निर्माण गरी राष्ट्रिय रेडक्रस सोसाइटीहरू सञ्चालित रहेको जानकारी दिँदै नेपाल रेडक्रसको पनि कानूनी आधार बलियो बनाउन रेडक्रस ऐन निर्माणको लागि सरकार, सरोकारवाला र सञ्चार माध्यमहरूको भुमिका महत्वपूर्ण रहने बताए । 

श्रेष्ठले भने, ‘नेपाल रेडक्रस सोसाइटीको पछिल्लो विवादलाई सदाका लागि अन्त्य गर्नुपर्छ । नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले हिजोका दिनमा देखिएका गतिरोध अन्त्य भएको कुरा यहाँहरुलाई सुनाउन चाहन्छु । नेपाल रेडक्रस सोसाइटीको लामो समयदेखि दर्ता नविकरण गर्न सकेका छैनौं । दर्ता नविकरण नभएकाले हाम्रो विधान अनुसार स्थानीय स्तरसम्म प्रभावकारी काम गर्न सकिरहेका छैनौं ।  विभिन्न सहयोग र सम्झौताहरु गर्न नसकिरहेको अवस्था छ । हाम्रो सबैभन्दा मुख्य प्राथमिकता भनेको संस्थाको नविकरण हो । नविकरणका लागि भर्खरै सम्पन्न बैठकले २०८० भदौ ८ र ९ गते वार्षिक साधारण सभाको तय गरेका छौं । सो अवससरमा संस्थाको नीति तथा कार्यक्रम र बजेट प्रश्तुत गर्नेछौं । रेडक्रसभित्रका सबै साथीहरु (७६ वटै जिल्लाका प्रतिनिधिहरु) मा हाम्रो एकता छ । प्रदेशबाट प्रतिनिधित्व गरेर आउनुभएका प्रतिनिधिहरुबीचको विवाद छैन । रेडक्रसभित्र वैधानिक रुपले हामी एकतावद्ध छौं । निर्वाचनबाट सबैपक्षका साथीहरुको प्रतिनिधित्व छ । विवाद के हो भने रेडक्रसकर्मी र गैर रेडक्रसकर्मीबीच हो । यसलार्ई पोलीटिकल बनाउने प्रयत्न भएको हामीले महशुस गरेका छौं । नेपाल रेडक्रसको पनि कानूनी आधार बलियो बनाउन रेडक्रस ऐन निर्माणको लागि सरकार, सरोकारवाला र सञ्चार माध्यमहरूको भुमिका महत्वपूर्ण रहन्छ ।’

पत्रकार भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका नवनिर्वाचित अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले संस्थाको नविकरण, रेडक्रस कानूनको निर्माणमा पहल र साधारण सभा गरी मानवीय सेवाका गतिविधिहरूलाई अझ बढी प्रभावकारी रूपमा अघि बढाउने बताए । 

नेपाल रेडक्रस सोसाइटीले भदौ ८ र ९ गते साधारण सभा गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप