आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

बिहीबार, ११ साउन २०८०, १७ : ३४
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन्। 

    इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राखेका थिए । 

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।

363388293_252796810894305_4737462393735893382_n

उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरुले सम्पूर्ण जानकारी गराएका थिए । 
    
    उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप