आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँ : अर्थमन्त्री महत

बिहीबार, ११ साउन २०८०, १९ : ०९
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौँमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भएपनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीहरुले गरिरहेको बताए । उनले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतीपूर्ण रहेको बताए । 

अर्थमन्त्री महतले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताए । उनले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने बताए । उनले नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृत्ति बढेको बताए ।  

अर्थमन्त्री महतले नेपालीहरुले अहिले आत्मसाथ गरेको खानपान, जीवनशैलीलाई पुनः विचार गर्नुपर्ने आवश्यकता रहेको बताए  । उनले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताए ।

अर्थमन्त्री महतले नेपाली रैथानेबाली भित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताए । उनले विदेशी नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई मात्रै ग्रहण गर्नुपर्ने बताए । उनले पछिल्लो समय विदेशी मुलुकका मानिसहरुले पूर्वीय कला संस्कृत सिक्न थालेको बताए । उनले नेपालले नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप