आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डाइटिङ गर्दा असाध्यै झरिरहेको त छैन कपाल ? कतै यस्तो गल्ती त गरिरहनुभएको छैन ?

शुक्रबार, १२ साउन २०८०, १० : ४३
शुक्रबार, १२ साउन २०८०

तौल घटाउने समयमा थुप्रै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । तौल घटाउनुका केही फाइदा त होलान् तर यसका आफ्नै बेफाइदा पनि छन् । तीमध्ये एक हो कपाल झर्ने समस्या । 

वेट लस र हेयर फल

तपाईं वेट लस डाइटमा हुनुहुन्छ भने आफ्नो कपाल निकै कमजोर र पातलो भइरहेको महसुस गर्नुभएको होला । यदि तपाईंलाई पनि यस्तै भइरहेको छ भने यसको एक मुख्य कारण तपाईंको खानपिन हो । 

तौल घटाउने क्रममा खाइने खानामा कार्ब्स र क्यालोरीको मात्रा निकै कम हुन्छ, जुन सायद तपाईंको कपालका लागि हानिकारक साबित हुनसक्छ । 

पोषक तत्त्वको कमी

कपाललाई पोषण दिन र स्वस्थ राख्नका लागि हाम्रो शरीरलाई प्रोटिन र क्यालोरीको आवश्यकता पर्छ । यी चिज हाम्रो शरीरले पाउँदैन भने कपालको जरा कमजोर हुन थाल्छन् । कपाल झर्न थाल्छ । 

तनाव

तौल कम गर्नका लागि हामी थुप्रै खानेकुरा खान बन्द गर्छौँ । यसले धेरै पटक मानसिक र शारीरिक तनाव बढ्न थाल्छ । यसले गर्दा हाम्रो हर्मोन बिग्रने गर्छ र प्रत्यक्ष रूपमा कपालको जरामा असर पार्छ । तपाईं स्ट्रिक्ट डाइट अपनाइरहनुभएको बेला यस्तो हुन्छ । 

कपाल झर्नबाट कसरी रोक्ने ?

स्वास्थ्य विज्ञका अनुसार तौल घटाउने क्रममा स्वस्थ आहार लिनुहोस् । तपाईंको कपाल धेरै नै झरिरहेको छ भने क्र्यास डाइटबाट जोगिनुहोस् । 

पर्याप्त क्यालोरीको मात्रा

हाम्रो शरीरलाई केही मात्रामा क्यालोरीको आवश्यकता पर्छ ता कि हामी ऊर्जावान् हुन सकौँ । क्यालोरी नलिँदा तनाव, थकान, कपाल झर्ने समस्या हुन्छ । 

यस्तो डाइटिङ नगर्नुहोस्

शरीरले राम्रोसँग काम गर्नका विभिन्न खालका पोषक तत्त्व चाहिन्छ । यस्ता खानेकुरा नखाँदा शरीरमा विभिन्न चिजको कमी हुन थाल्छ त्यसैले कहिल्यै पनि स्ट्रिक्ट डाइटिङ नगर्नुहोस् । 

क्र्यास डाइटिङबाट जोगिनुहोस्

तौल कम गर्नका लागि बिस्तारै बिस्तारै अघि बढ्नुहोस् । एकैचोटी क्र्यास डाइट अनुसरण नगर्नुहोस् । यसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पर्छ । यस्तै तपाईंको तौल एकैचोटी घट्ला तर पछि ह्वात्तै बढ्न पनि सक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप