आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय शिक्षा ऐनमा माग सम्बोधन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

शुक्रबार, १२ साउन २०८०, १५ : ३२
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यसका लागि सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई सर्कुलर जारी गरेको छ ।

नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बैठकले सशक्त आन्दोलनको घोषणा गर्ने र त्यसका लागि देशभरका सबै समितिलाई हाई अलर्टमा राख्ने निर्णय गरेको छ ।

देशभर रहेका ४० हजारभन्दा बढी राहत शिक्षकहरू विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । बैठकले हाल संघीय शिक्षा ऐनको मस्यौंदा औपचारिक रुपमा छलफलमा नआईकेकोले सरोकारवाला निकायसँग छलफलमा ल्याउन तत्काललाई लविङको माध्यमबाट दबाब सिर्जना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघीय शिक्षा ऐनको मस्यौंदा औपचारिक रुपमा छलफलमा आएपछि माग सम्बोधन नहुने अवस्था र्सिजना गरिए वा शिक्षा मन्त्रालयले एकलौटी ढंगले क्याविनेटबाट पास गराई संसदमा पेश गरेको अवस्थामा आन्दोलनको चेतावनी दिएको हो । साउन १९ र २० गते हुने भनिएको केन्द्रीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप