आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरमा माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने

शुक्रबार, १२ साउन २०८०, २० : ३२
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको छ ।  शुक्रबार महानगरपालिकाका मेयर बालेन शाहले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध गरिएको जानकारी दिएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यसको कार्यान्वयनका लागि हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ । यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान चाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन । यसर्थ, अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध गर्दछु ।' 

मेयर शाले यस अभियानमा नागरिक सहभागिता, उपभोक्ता, विक्रेता तथा  सबैबाट सहयोग चाहिएको बताए । यस्तै उनले बजार जाँदा कागज वा कपडाको झोला बोकेर जान सर्वसाधारण नागरिकलाई आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप