आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको उपचार खर्च विवादमा सर्वोच्चद्वारा दरपिठ आदेश बदर

शुक्रबार, १२ साउन २०८०, २२ : ०९
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको विदेशमा भएको उपचार खर्च भुक्तानी विवादका सन्दर्भमा अधिवक्ता विष्णुकुमार गिरीले पेस गरेको रिट निवेदन दरपिठ गर्ने रजिस्ट्रारको निर्णय बदर गरिदिएको छ ।  

अदालतकी रजिस्ट्रार निर्मला पौडेलले रिट निवेदन दरपिठ गरेपनि न्यायाधीश  हरिप्रसाद फुयालले उक्त आदेश बदर गरेका हुन् । यससँगै  गिरीले पेस गरेको रिट निवेदन दर्ता भएको छ । 
रजिस्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष पुनः निवेदन दिएका थिए । जसमा निवेदकको तर्फबाट अधिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले बहस गरेका थिए ।

‘राष्ट्रपति वा अन्य पदस्थ व्यक्तिहरुको विदेशमा उपचार गर्दा लाग्ने खर्च तथा अन्य सुविधा वापतको रकम कुन मापदण्डको आधारमा उपलव्ध गराउने भन्ने विषय अन्तरनिहित भएको देखिएको र असार १२ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अदालतबाट परीक्षण हुन सक्ने भन्दै साउन ५ गते सर्वोच्चका रजिष्टारबाट भएको दरपिठ आदेश बदर गरिएको छ’ अदालतको आदेशमा भनिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पौडेलको भारतमा गरिएको उपचारमा लागेको ५५ लाख भन्दा बढी रकम भुक्तानी गर्न लागिएसँगै विवाद अदालतसम्म पुगेको थियो ।

darpith


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप