आर्सनलको स्टेडियममा वेंगरको सालिक
शनिबार, १३ साउन २०८०, १३ : ०४
लण्डन । आर्सनलले आफ्नो एमिरेट्स स्टेडियममा पूर्व म्यानेजर आर्सन वेंगरको सालिक अनावरण गरेको छ । वेंगरले सन् १९९६ देखि २०१८ को बीचमा आर्सनललाई तीनवटा प्रिमियर लिगको उपाधिको साथै सातवटा एफएको उपाधि दिलाएका थिए ।
३.५ मिटर अग्लो सालिकमा फ्रेन्च प्रशिक्षकले प्रिमियर लिगको ट्रफी उठाइरहेको देखाइएको छ । ७३ वर्षीय पूर्व म्यानेजर बुधबार मोनाकोविरुद्धको मैत्रीपूर्ण खेलमा विशेष अतिथि बन्नेछन् ।
आर्सनलमा रहँदा १ हजार २३५ खेलमा नेतृत्व गरेका उनले आर्सनललाई सन् २००३–०४ मा अपराजित रहँदै लिग उपाधि जिताएका थिए । यो उपलब्धि अरूले दोहोर्याउन सकेका छैनन् । उनको नेतृत्वमा क्लब लगातार २० वर्ष च्याम्पियन्स लिगमा छनोट भएको थियो ।