आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटी छाडेर साउदी लिगमा महारेज

शनिबार, १३ साउन २०८०, १३ : २५
शनिबार, १३ साउन २०८०

म्यानचेस्टर । म्यानचेस्टर सिटीका विंगर रियाद महारेज साउदी प्रो लिग क्लब अल–अहलीसँग अनुबन्ध भएका छन् । सिटीसँग दुई वर्षको करार बाँकी रहे पनि ३२ वर्षीय खेलाडी साउदी लिग जाने निर्णय गरेका हुन् ।

साउदीले महारेजका लागि ३ करोड पाउन्ड खर्च गरेको बताइएको छ । अल्जेरियन विंगर सन् २०१८ मा सिटीसँग ६ करोड पाउन्डमा अनुबन्ध भएका थिए । गत सिजन टोलीले ट्रेबल जित्दा उनले ४७ खेलमा १५ गोल गरेका थिए ।

‘म्यानचेस्टर सिटीका लागि खेल्नु मेरो लागि गर्वको कुरा हो,’ महारेजले भने, ‘म उपाधि जित्न र फुटबलको मजा लिन सिटी आएको थिएँ । मैले त्यो सबै हासिल गरेँ, अझ त्योभन्दा बढी पनि ।’ क्लबमा पाँच सिजन रहँदा उनले क्लबलाई १० वटा प्रमुख उपाधिहरू जित्न सहयोग गरेका थिए । यो सिजन साउदी लिगमा करिम बेन्जेमा, एन’गोलो कान्टे, रुबिन डियाज र जोर्डन हेन्डरसन आबद्ध भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप