आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज आफैँसँग प्रतिस्पर्धा गरौँ, अरूसँग पछि गरौँला : महामन्त्री शर्मा

शनिबार, १३ साउन २०८०, १७ : ५०
शनिबार, १३ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सङ्लिने र तङ्ग्रिने बेला भएको बताएका छन् । 

शनिबार नेपाली कांग्रेस काठमाडौँ ९ काे (क) प्रदेशको सम्मेलनमा महामन्त्री थापाले भने,  "नेपाली कांग्रेस सङ्लिने र तङ्ग्रिने बेला पनि हो । आज आफैँले आफैँसँग प्रतिस्पर्धा हुनु बेला हो। अरूसँग पछि प्रतिस्पर्धा गरौँला ।" 

सम्मेलनपछि क र ख काे प्रदेश सभापतिहरूलाई महामन्त्री शर्माले पार्टीको सदस्यता र विभाग गठन विस्तारमा प्रतिस्पर्धा गर्न निर्देशन दिए । 

कांग्रेस मिसन ८४ भन्द‌ै अहिले नै घोषणा गर्ने हतारोमा नरहेको उनको भनाइ थियो । ८४ मा चुनावमा मात्र हुने भएकाले अहिले कांग्रेसकाे मिसन काम भएको महामन्त्री शर्माले बताए । "बाह्रै मास चुनावकाे चिन्ता गरेर देश बन्दैन । राजनीतिक दलले एउटा पुस्ताको चिन्ता गर्छ । चुनावको चिन्ता गर्दैन । हामी आजको काम गरौँ । कांग्रेसले गरेका कामको प्रचार गरौँ,"  उनले भने। 

महामन्त्री अगाडि भने, "हाम्रो काम कांग्रेस बनाउने मात्र होइन । समाज बनाउने कुरा हो ।" देशमा सबै ठिक ठाक नभए पनि केही बनेको छैन भन्ने कुरा पनि सत्य नभएको महामन्त्री शर्माले बताए । 

यस्तै महामन्त्री शर्माले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा गर्न युवा पुस्ता अगाडि बढेको बताए । तर,कांग्रेसका प्रतिस्पर्धा पार्टीका युवा नेताहरू कुनामा बसेर दुनोमा खाने अवस्था रहेको उनेका भनाइ छ। 

प्रदेश सभापति मोहनकुमार बस्नेतले कांग्रेसलाई व्यवस्थित बनाउन नसकिएको बताए । ‘कांग्रेसले भाेटर बढाउन सक्ने भनेको नेविसंघ र श्रमिक वर्गबाट हो । यसमा पार्टीले ध्यान दिनुपर्छ ," उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप