आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उमेर अगावै अनुहार–गर्धनका छाला चाउरी परे ? यी घरेलु तरिकाले कसिलो बनाउनेछ

आइतबार, १४ साउन २०८०, १२ : ५०
आइतबार, १४ साउन २०८०

छालामा उमेरसँगै फाइन लाइन्स आउनु वा चाउरी पर्नु स्वाभाविक हो तर २० वर्षको उमेरमा अनुहारमा ४० का जस्ता लक्षण देखिन थाल्यो भने छालाको हेरचाहमा कमी भएको हो भनेर बुझ्नुपर्ने हुन्छ । यहाँ हामी तपाईंलाई केही घरेलु उपायबारे जानकारी दिँदै छौँ जसले धेरै समय अघिदेखि छालालाई कसिलो बनाउने काम गर्दै आएको छ ।

eggअण्डा 

अण्डाको सेतो भागको मद्दतले बुढ्यौलीको प्रक्रियालाई सुस्त बनाउन सकिन्छ । अण्डाको सेतो भागमा भरपुर मात्रामा प्रोटिन पाइन्छ यसले छाला कसिलो पार्ने काम गर्छ । यसको प्रयोग गर्नका लागि एउटा कचौरामा अण्डाको सेतो भाग लिनुहोस् र कपास वा ब्रसको मद्दतले अनुहार र गर्धनमा लगाउनुहोस् । १५–२० मिनेटका लागि यसलाई छालामा रहिरहन दिनुहोस् र मनतातो पानीले धुनुहोस् ।

bananaकेरा

यसबाहेक अण्डाको मद्दतले पनि छाला कसिलो बनाउन सकिन्छ । केरामा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट, मिनरल्स र भिटामिन पाइन्छ जसले छालामा बुढ्यौलीको लक्षणलाई कम गर्ने काम गर्छ । यसको मास्क बनाउनका लागि तपाईंले पाकेको केरालाई मुछेर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि अनुहार सफा गर्नुहोस् । यसो गर्दा तपाईंको छालामा लचिलोपन आउँछ र अनुहार चम्किलो पनि हुन्छ ।

curd_honeyदही र महको मास्क

दही र महको मास्कले पनि छालाको रुखोपनालाई हटाउँछ र बुढ्यौलीपनको गतिलाई कम गर्छ । यसलाई बनाउनका लागि एक वा दुई चम्चा दही लिनुहोस् र यसमा केही थोपा मह मिसाएर पेस्ट बनाउनुहोस् । अब यसलाई आफ्नो अनुहार र गर्धनमा लगाउनुहोस् । वास्तवमा, दहीमा ल्याक्टिक एसिड पाइन्छ र छाला कसिलो ल्याउन र एक्सफोलिएट गर्न मद्दत गर्छ । जबकि मह मोइस्चुराइटिङ र पौष्टिकताले भरपुर हुन्छ ।

papayaमेवा

मेवाको मास्कले अनुहारमा तत्काल चमक ल्याउन मद्दत त गर्छ नै यसले अनुहारमा छालालाई कसिलो बनाउने काम गर्छ । यसको प्रयोग गर्नका लागि पाकेको मेवा लिनुहोस् र राम्रोसँग मुछेर पेस्ट बनाउनुहोस् । अब यसलाई अनुहार र घाँटीमा लगाउनुहोस् । वास्तवमा, मेवामा एन्जाइम र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ जसले छाला कसिलो बनाउने काम गर्छ ।

oilsतेल

तपाईं जैतुन, बदाम र नरिवलको तेलको मद्दतले पनि छालामा बुढेसकालको लक्षण कम गर्न सक्नुहुन्छ । यसका लागि तपाईंसँग यीमध्ये जुन तेल भए पनि त्यसले मालिस गर्नुहोस् । सधैँ भर्जिन ओयल लिनुहोस् । यसमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट र गुड फ्याट हुन्छ जसले छालालाई पोषण दिने काम गर्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप