आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौर हत्याकाण्डका पीडितले घोषणा गरेको अनिश्चितकालीन बन्दको कार्यक्रम स्थगित

आइतबार, १४ साउन २०८०, २१ : १९
आइतबार, १४ साउन २०८०

रौतहट । गौर हत्याकाण्डका पीडितहरुले घोषणा गरेको अनिश्चितकालीन बन्दको कार्यक्रम स्थगित भएको छ ।आइतबार गौर हत्यकाण्ड पीडित संघर्ष समितिकी अध्यक्ष रुपसागर देवी उपाध्यायले एक विज्ञप्ति जारी गरी अनिश्चितकालीन बन्दको कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी हुन् । 

केही दिनदेखि सो हत्याकाण्डका पीडितहरुले न्यायको माग राख्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेका थिए । संघर्षका कार्यक्रम अन्तर्गतको अनिश्चितकालीन बन्दको कार्यक्रम भने हाललाई स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ । पीडितहरुले साउन १ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न माग राखी  ज्ञापनपत्र पनि  बुझाएका थिए ।

सो हत्याकाण्डका पीडितहरुले सत्ताको नेतृत्व गरिरहेका पार्टीको नाममा धम्की दिइएको आरोप लगाउँदै संघर्षका कार्यक्रमलाई भने परिमार्जनसहित दृढताका साथ अघि बढाउने चेतावनी दिएका छन् । उनीहरुले सत्ताको आडमा अर्को गौर हत्याकाण्ड मच्चाउने धम्की आएको बताउँदै सत्ताधारी पार्टीहरुले नै भय र आतंकको अवस्था सृजना गर्नु दुःखद भएको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छः ‘अहिलेको २१ औं शताब्दीको कानुनी शासनको युगमा संरक्षणको जिम्म लिएका सत्ताधारी पार्टीहरुले भय आतंकको अवस्था निर्माण गर्नु दुःखद छ । यस्तो जंगलीराजको हामी भर्त्सना गर्दछौं साथै संघर्षलाई अझ दृढतापूर्वक अगाडी बढाउने संकल्प गर्दछौं ।’

२०६४ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र जनअधिकार फोरमका कार्यकर्ताबीच भएको झडपमा परेर २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

364221612_913696980177640_5756902972523546617_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप