आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

सोमबार, १५ साउन २०८०, ०७ : १३
सोमबार, १५ साउन २०८०

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा  बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।

साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।

358915527_254984830650337_6035931151977301832_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप