आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद

सुन तस्करी प्रकरण : छानबिन समितिबारे कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक स्थगित

सोमबार, १५ साउन २०८०, २२ : ५१
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । 

सोमबार सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा एमालेले उच्चस्तरीय समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान राखेको थियो । एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो । एमाले सचेतक महेश बर्तौलाले छलफलमा आफ्नो कुरा राखेको बताए । 

‘हामीले हाम्रो कुरा राख्यौ तर कुनै सहमति भएको छैन’, बर्तौलाको भनाइ छ ।

samsad

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप