आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सेयर

५ दिनको गिरावटपछि बढ्यो नेप्से, १ अर्ब ८५ करोडको कारोबार

सोमबार, १५ साउन २०८०, १५ : ४६
सोमबार, १५ साउन २०८०

काठमाडौँ । लगातार ५ दिनको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वृद्धि आएको छ । गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा नेप्से एकै दिन ६३ अंकले बढेको थियो । त्यसपछि, पहिलोपटक आज सोमबार नेप्से परिसूचक बढेको हो ।

आज नेप्से परिसूचक ५.८४ अंकले बढेको छ । यससँगै परिसूचक २१ सय ६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज १ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजार ५ अंकले बढ्दा १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम छ । आज सनराइज ब्लुचिप फण्डको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

यसबाहेक, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । परिसूचक बढेपनि आज जलविद्युत कम्पनी समूहको सूचक ८.५७ अंकले घटेको छ । यस्तै, लघुवित्त समूहको  सूचक ४.१० अंघले घटेको छ भने म्यूचुअल फण्ड समूहको सूचक समा समेत गिरावट आएको छ ।

परिसूचक बढेको दिन व्यापार समूहको सूचक ५६अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक २५ अकले बढेको छ भने वित्त समूहको सूचक २३ अंकले बढेको छ । विकास बैंक समूहको सूचक १८ अंक बढ्दा बैंकिङ समूहको सूचक ९ अंकले बढेको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप