आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

ओलीले सुनाए अरस्तुको कथा : कान्छी श्रीमतीको मात्रै दाँत नगन्न सर्जकलाई आग्रह !

सोमबार, १५ साउन २०८०, १६ : ०४
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेता नबिग्रिएको बताएका छन् । नेकपा एमाले साहित्य कला तथा संस्कृति विभागले प्रकाशित गरेको ‘युगदुत’ पुस्तकको सोमबार भएको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले सबै नेता नबिग्रिएको बताएका हुन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको बताए । ‘राजनीतिमा यस्तो त भइहाल्छ नि ! भन्ने चलन छ आजभोलि । नहुनुपर्ने कुरा राजनीतिमा पनि हुनुहुँदैन’, ओलीले भने, ‘अपवित्र पनि पवित्र हुने राजनीतिमा हुँदैन ।’ उनले सबै नीतिहरुको मुहान राजनीति भएकाले मुहानलाई धमिलो पार्न नहुने बताए । 

अध्यक्ष ओलीले सबै मुहान फोहोर नभएको पनि बताए ।  अरस्तुले दाँत गनेजस्तो हुनु नहुने भन्दै उनले अरस्तुको कथा सुनाए । 

यसरी सुनाए ओलीले अरस्तुको कथा: 

अरस्तुको दुईवटा श्रीमती रहेछन्, एउटी जेठी, अर्की कान्छी श्रीमती । २१ वर्षदेखि ३१ वर्षमा मात्रै बुद्धि बंगारो पलाउँछ । तर बुढाले कान्छी श्रीमती २० वर्षकी ल्याएछन् । अरस्तु जेमा पनि जिज्ञासा राख्ने, जेमा पनि बुझ्न खोज्ने । आफ्ना दाँत छामे के गरे ऐनामा हेरेर गनेहोलान् ३२ वटा छन् । महिलाका दाँत कतिवटा हुन्छन् भनेर उनलाई गन्न र हेर्न मन लाग्यो । अनि ए कान्छी यहाँ आउत भनेर दाँत गने २८ वटामात्र छन् । अनि बुढाले लेखिहाले महिलाका दाँत २८ वटा भनेर । २१ वर्षपछिमात्र बुद्धि बंगारो पलाउँछ भन्ने याद नराख्दा वा जेठी श्रीमती पनि बोलाएर दाँत नगन्दा नेता सप्रिएनन् भनेजस्तो हुन्छ क्या ! बिग्रेकै छैनन् नि कतिपय नेता त । त्यसकारण म सर्जक साथिहरुलाई के आग्रह गर्न चाहन्छु भने कान्छी श्रीमतीमात्रै बोलाएर उनको मात्रै दाँत गनेर महिलाका दाँत २८ वटा हुन्छन् भनेर नलेख्नु । अरस्तुले जेठीको दाँत नगन्दा यर्थाथ आएन । कतिपय नेता बिग्रिए भन्नुपर्‍यो । बिग्रनेहरूले अरुपनि म जस्तै हुन् भनेर कराए होला तर सबै नेता बिग्रिएका होइनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप