आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘वानर सेना’को पहिलो गीत ‘तिम्रो मनमा’ सार्वजनिक

सोमबार, १५ साउन २०८०

काठमाडौँ । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को पहिलो गीत ‘तिम्रो मनमा’ सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाई रोमान्टिक अवतार देख्न सकिन्छ ।

गीतमा निर्देशक गिरीको शब्द, स्वर र जोन तामाङको संगीत छ । कथा पौराणिक रहेकोले पनि फिल्म आगामी दशैंको घटस्थापना अर्थात् असोज २६ गतेबाट प्रदर्शनमा ल्याउन लागिएको छ ।

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएकको फिल्ममा अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका अभिनय छ । 

विनोद सापकोटाको छायांकन, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व रहेको फिल्म सर्लाही र सप्तकोशी किनारमा छायांकन भएको हो । युवराज गिरीको लगानी रहेको फिल्म करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया