एनआरएनए टर्कीमा घिसिङको निरन्तरता
सोमबार, १५ साउन २०८०, २० : ४३
टर्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको नेतृत्वमा उज्ज्वल कुमार घिसिङ पुन दोहोरिएका छन् । घिसिङको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ ।
वरिष्ठ उपाध्यक्षको जिम्मेवारी श्यामकला राईले पाएकी छिन् ।
यसैगरी, उपाध्यक्षमा मन्दिरा खत्री,महासचिवमा विनोद पौडेल, सचिवमा श्याम पाण्डे, कोषाध्यक्षमा पेम्बा शेर्पा र सहकोषाध्यक्षमा सविता तामाङ चयन भएका छन् ।
यस्तै, संजिव खतिवडालाई युवा संयोजकको जिम्मेवारी दिइएको छ । महिला संयोजकमा सरिता बास्कोटा चयन भएकी छिन् ।
कार्यसमिति सदस्यहरुमा देवराज खड्का, भिसन राई, अमृत थापा, डोमा शेर्पा र सृस्टी तामाङ रहेका छन् ।