आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक

सोमबार, १५ साउन २०८०

काठमाडौँ । बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक भएको छ । गीतमा बद्री सापकोटा, विष्णीमाया सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । 

 ‘स्यमुनानिलाई’ गीत गोरखा, धादिङ, तनहुँ, लम्जुंग लगायत गण्डक क्षेत्रमा सुनिने भाका भएको सापकोटाले बताए । 

गीतमा लय बद्री सापकोटाकै रहेको छ भने शब्द कृष्ण लामिछानेको रहेको छ । 

भिडिओमा अभिनय अर्जुन सापकोटा, रोशन देवकोटा, करिश्मा ढकाल, कृतिमा तिवारी, आयुस कुँवरको रहेको छ भने भिडिओको निर्देशन काजीस श्रेष्ठले गरेका छन् ।

सापकोटाको यसअधिको गीत ‘बस बस पियारी’ सर्वाधिक चर्चामा आएको गीत हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया