आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीका मुख्य सहरमा विद्युतीय तारको व्यवस्थापन गरिँदै (तस्बिरहरु)

मङ्गलबार, १६ साउन २०८०, ०७ : २२
मङ्गलबार, १६ साउन २०८०

बुटवल । रुपन्देहीका मुख्य सहरमा विद्युत् पोलमा जथाभावी टाँगिएका विभिन्न सेवा प्रदायक कम्पनीका तारहरू व्यवस्थित बनाउन स्थानीय तहहरूले धमाधम  काम गरेका छन् ।

सहर कुरूप बनाउने र विद्युत् सर्ट हुँदा आगलागीको समेत खतरा भएपछि बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले पोलमा टाँगिएका इन्टरनेट, केवल कम्पनी, टेलिकमका तार काट्न सुरु गरेका छन् ।

सम्बन्धित पालिकाले सेवा प्रदायक कम्पनीलाई तार व्यवस्थापन गर्न समयसीमा सहित निर्देशन दिएका छन् । तोकिएको समयभित्र तार व्यवस्थापन नगरे पालिकाले नै काट्ने काम गर्दै आएको जनाइएको छ ।

बुटवलका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सर्वपक्षीय बैठक बसेर तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको जानकारी दिए । उक्त कार्यदलले रुपन्देहीका विभिन्न स्थानीय तहमा तार व्यवस्थापनको काम गरेको छ ।

तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण आफैँले विद्युतको पोलमा चढेर केही अनावश्यक तार हटाउने काम गरेको सुरुवात गरेका थिए । नगर प्रमुख खाणले पोलहरूमा जथाभाबी टाँगिएका तारले नगरलाई कुरूप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकाले व्यवस्थित बनाउन थालिएको बताए ।

22222222

सिद्धार्थ नगरपालिकाले पनि सूचना जारी गर्दै तार हटाउन निर्देशन दिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले केही ठाउँमा तार व्यवस्थापन भएको र बाँकी ठाउँमा नगरपालिकाले केही दिनमै तार हटाउने अभियान थाल्ने बताए ।

वर्ड लिङ्क कम्पनीमा बुटवल प्रोजेक्ट प्रमुख दीपेन्द्र कार्कीले आफ्नो कम्पनीले धेरै ठाउँमा तार व्यवस्थापन गरेको र बाँकी ठाउँमा पनि व्यवस्थापन भइरहेको जानकारी दिए । उनले तारहरू पूरा हटाउने नभई लत्रिएका, चुँडिएका तारलाई व्यवस्थित गरेर सुरक्षित र सुन्दर देखाउने काम भएको भन्दै त्यसमा आफूहरूले सक्दो सहयोग गरेको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक सूर्यप्रसाद लामिछानेले प्रमुख सहरहरूमा विद्युत् प्राधिकरणसँग समन्वय गरी तार, पोल र अप्टिकल फाइबर व्यवस्थापनको काम गर्ने योजना अघि बढेको जानकारी दिए ।

5555555999999999966666666666777777777777733333333333333 (1)8888888888888888nnnnnnnnnnnnnRam

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप