आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सडकमा डोजर तेर्स्याएर निर्माण व्यवसायीले गरे प्रदर्शन (तस्बिरहरू)
विरोधको नयाँ शैली

सडकमा डोजर तेर्स्याएर निर्माण व्यवसायीले गरे प्रदर्शन (तस्बिरहरू)

मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित बालुवाटारमा प्रदर्शन गरेका छन् । मंगलवार उनीहरूले ४वटा डोजर सहित बालुवाटारमा प्रदर्शन गरेका हुन् । 

प्रधानमन्त्री र केन्द्र सरकारको ध्यानाकर्षण गर्नको लागि बालुवाटारमा धर्ना दिइएको जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । 

प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया