आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोही किन मनपर्छ ?

मङ्गलबार, १६ साउन २०८०, १३ : १७
मङ्गलबार, १६ साउन २०८०

कोही किन मनपर्छ होला ? फुर्सदमा बसेका बेला कहिलेकाहीँ यस्तो प्रश्न दिमागमा आएको छ ? यो प्रश्नको सीधा जवाफ त छैन तर दुई व्यक्तिबीच माया कसरी बस्छ त, यसबारे केही जानकारी छन् । 

प्रेम संसारको सबैभन्दा सुन्दर अनुभूति हो । यो एउटा यस्तो भावना हो जसले एक अर्काप्रति जोसुकैलाई पनि जिम्मेवार बनाउने गर्छ र आफ्नोभन्दा पनि बढी अरूको पर्वाह हुन थाल्छ । तर प्रेम जोसँग पनि बस्न सक्छ कि प्रेमको कुनै विशेष कारण हुन्छन् । यस्ता विभिन्न प्रश्न अहिले पनि अनुत्तरित छन् । यद्यपि, मनोवैज्ञानिकले प्रेममा पर्नका लागि केही कारणबारे कुरा गरेका छन् ।

अमेरिकन युनिभर्सिटी इन काइरोका साइकोलोजिकल डिपार्टमेन्टको शोध अनुसार प्रेममा पर्नुको सबैभन्दा साधारण कारणबारे कुरा गर्ने हो भने कसैप्रति इन्टिमेसी, प्यासन र कमिटमेन्टको भावना हो । यद्यपि, यसका अन्य थुप्रै कारण पनि हुन सक्छन् जसका कारण दुई मानिस प्रेमको बन्धनमा बाँधिन सक्छन् ।

कसैलाई कोही व्यक्तिले मन पराउँछ भन्ने थाहा भयो भने पनि कहिलेकाहीँ यो प्रेममा पर्नुको कारण बन्न सक्छ । यस्तो अवस्थामा दुई बीच यस्तो वातावरण बन्ने गर्छ कि उनीहरू आफूलाई दुनियाँबाट अलग महसुस गर्न थाल्छन् र उनीहरू बीच एक अचम्मको सम्बन्ध महसुस गर्न थाल्छन् ।

कहिलेकाहीँ एक अपरिचित  ‘आँखा जुधाई’ पनि प्रेममा पर्नुको कारण बन्न सक्छ । कहिल्यै नभेटेका दुई व्यक्तिबीच अचानक आँखा जुध्दा पनि कहिलेकाहीँ एक अर्कालाई थप बुझ्नका लागि उत्सुकता पैदा हुन्छ । यसरी नै गहिरो आकर्षण पैदा हुनसक्छ । यो प्रेमको सुरुवात हुनसक्छ । 

प्रेममा पर्नका लागि कति पटक हर्मोन पनि जिम्मेवार हुनसक्छ । कसैलाई देखेर मुख सुक्ने, घाँटी सुक्ने, मुटु बेस्सरी धड्किने भएको छ ? कसैलाई देखेकै भरमा अचम्मको तनाव महसुस भएको छ ? खासमा यस्तो शरीरमा सेरोटोनिन, डोपामाइन, एड्रेनालाइनजस्ता हर्मोन रगतमा बढेका कारण हुने गर्छ । यसले शरीरमा त्यस्तै असर गर्छ जसरी कोकेनको खाँदा हुन्छ । यो प्रेममा पर्नुको एउटा लक्षण मानिन्छ ।

वैज्ञानिक रूपमा भन्ने हो भने एक रोमान्टिक सम्बन्धमा विभिन्न खालको केमेस्ट्री चाहिन्छ । प्रेममा पर्नका लागि बाहिरी उत्तेजना जति आवश्यक हुन्छ, त्यसमा न्युरोकेमिकल प्रक्रिया पनि त्यति नै आवश्यक छ । अर्थात् रूप र गुणबाहेक मस्तिष्कमा हुने न्युरोकेमिकल प्रतिक्रियाका कारण पनि कसैसँग प्रेममा परिन्छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप