आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

माओवादी बैठकमा केन्द्रीय सदस्यबाहेक ३ सय ७३ जना सहभागी हुने

मङ्गलबार, १६ साउन २०८०, १५ : ४१
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । बुधबारदेखि सुरु हुने नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सात सय ५८ जना सहभागी हुने भएका छन् । 

काठमाडौँस्थित प्रज्ञाभवन कमलादीमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

उनका अनुसार केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीनवटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट एक सय जना सहभागी हुनेछन् ।

‘भोलिको बैठकलाई प्रभावकारी बनाउन हामी तयारीमा छौँ । ७ सय ५८ जना सदस्यलाई अहिले परिचयपत्र वितरण  भइरहेको छ’, उनले भने ।  

माओवादी केन्द्रमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन अयोग रहका छन् । ७ वटा भौगोलिक प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैर भौगोलिक प्रदेश समिति रहका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप