आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो दिन नेप्से सूचक पुनः २८ अंकले घट्यो, १ अर्ब ९२ करोडको कारोबार

मङ्गलबार, १६ साउन २०८०, १५ : ४६
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । पाँच दिनको लगातार गिरावट पछि सोमबार ५ अंकले बढेको सेयर बजारमा पुनः गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २८.५९ अंकले घट्दै २ हजार ७७.५८ अंकको विन्दुमा ओर्लिएको हो । 

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.१३ अंकले घट्दै ३९६.७२ अंकको विन्दुमा झरेको छ । 

आज २८ अंकले घटेको बजारमा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको ६० लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । 

म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएको छ । म्युचुअल फन्डको उपसूचक ०.३५ प्रतिशतले बढेको छ । 

आज सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.६० प्रतिशतले बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप